काठमाडौं । नेपाली काँग्रेसका सांसद देवेन्द्रराज कँडेलले शुक्रवारको प्रतिनिधि सभा बैठकमा नै नागरिकता सम्बन्धी विधेयक पेस हुने बताए । बिहीवार प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीहरुलाई संक्षिप्त प्रतिक्रिया दिँदै उनले यस्तो बताएका हुन् ।
उनले विधेयकको सम्बन्धमा गठबन्धन एक ठाउँमा रहेको उल्लेख गर्दै सर्वदलीय सहमतीका लागि शीर्ष नेताहरुले कोशिस गरिरहेको जानकारी दिए ।