logo

२०८१ मंसिर ८ शनिबार

logo
  • शनिबार, ८ मंसिर २०८१
  • कस्तो रहने छ आजको मौसम ? कहाँ– कहाँ हुँदैछ बर्षा

    कस्तो रहने छ आजको मौसम ? कहाँ– कहाँ हुँदैछ बर्षा

    3K
    Shares
    कस्तो रहने छ आजको मौसम ? कहाँ– कहाँ हुँदैछ बर्षा

    काठमाडौं । हाल देशभर मनसुनी वायुको सामान्य प्रभाव रहेको छ । गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशमा सामान्यदेखि पूर्ण बदली रही देशको बाँकी भूभागमा आंशिकदेखि सामान्य बदली रहेको छ।

    गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका धेरै स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ र एक दुई स्थानमा भारी वर्षा समेत भइरहेको छ र बाँकी भूभागका एक(दुई स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

    शनिबार देशका पहाडी भूभागमा सामान्य देखी पूर्ण बदली रहनेछ र बाँकी भूभागमा आंशिक देखि सामान्य बदली रहनेछ। बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानहरूमा र बाँकी प्रदेशका केही स्थानहरूमा मेघ गर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

    लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूका साथै गण्डकी प्रदेश र कर्णाली प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । आइतबार देशको पहाडी भूभागका केही स्थानहरूमा र बाँकी भूभागका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend