काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर वालेन्द्र साह (बालेन) ले दिवंगत र्यापर यम बुद्धको शालिक बनाउने घोषणा गरेका छन् । बालेनले आफ्नै तलबबाट यम बुद्धको शालिक बनाउने घोषणा गरेका हुन् ।
अधिकांशले यम बुद्धले नेपालको संगीत क्षेत्रमा ठूलै योगदान पुर्याएको भएपनि उनको शालिक नै बनाउने निर्णयको भने आलोचना गरेपछि मेयर बालेनले आफ्नै तलबबाट यम बुद्धको सालिक बनाउनले घोषणा गरेका हुन् ।
उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘म मेरो तलबबाट यम बुद्धको सालिक बनाउँछु। तपाईँहरूको दिन शुभ रहोस्।’
शुक्रवार यम बुद्धको शालिक बनाउन महानगरको बजेटबाटै रकम छुट्याइएको सार्वजनिक भएको थियो।
याे पनि: