काठमाडौं । नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङले आगामी प्रदेश र संघको चुनावसम्म यहीँ गठबन्धन नै कायम हुने बताएका छन् । काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै गुरुङले उनले यस्तो बताएका हुन् ।
प्रमुख सचेतक गुरुङले गठबन्धनमा कुनै समस्या नआउँदासम्म अर्को गठबन्धन बनाउने अवस्था नरहेको बताए । ‘अहिले गठबन्धन बदलिने अवस्था देखिँदैन । सत्तारुढ गठबन्धनमा गम्भीर खालका भुलहरु गम्भीर खालका त्रुटिहरु भएको भए विकल्प खोज्ने अवस्था हुन्थ्यो । सत्ता गठबन्धनमा अहिलेको सन्दर्भमा राष्ट्रियताको मुद्दामा डेमोक्रेसीको मुद्दामा गम्भीर भुल भएको देखिँदैन’ गुरुङले भने, ‘यहीँ अवस्थामा आगामी निर्वाचनसम्म यो गठबन्धन जाने सम्भावना छ ।’ एमालेले विगतमा गरेको गल्तीको आत्मसमीक्षा नगरेकाले सहकार्य गर्ने सम्भावना नरहेको गुरुङले बताए ।