logo

२०८१ मंसिर ८ शनिबार

logo
  • शनिबार, ८ मंसिर २०८१
  • भारतमा कोरोना संक्रमण बढ्दै, एकै दिन थपिए १६ हजार ६७८ जना संक्रमित

    भारतमा कोरोना संक्रमण बढ्दै, एकै दिन थपिए १६ हजार ६७८ जना संक्रमित

    3.1K
    Shares
    भारतमा कोरोना संक्रमण बढ्दै, एकै दिन थपिए १६ हजार ६७८ जना संक्रमित

    काठमाडौं । २४ घण्टाको समयावधीमा भारतमा १६ हजार ६७८ कोरोना सङ्क्रमित थपिएका छन् । हाल भारतमा एक लाख ३० हजार ७१३ सक्रिय सङ्क्रमित रहेका छन् । यो कुल सङ्क्रमितको ०ं.३० प्रतिशत हो । करिब चार महिनापछि ११ दिनयता सक्रिय सङ्क्रमितको सङ्ख्या एक लाखभन्दा बढी भएको छ ।

    हाल भारतमा कोरोनाका कुल सङ्क्रमितको सङ्ख्या चार करोड ३६ लाखभन्दा बढी पुगेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले सोमबार जानकारी दिएको छ । पछिल्लो एक दिनमा १४ हजार ६२९ कोरोना भाइरसबाट सङ्क्रमणमुक्त भएका छन् । योसँगै भारतमा अहिलेसम्म सङ्क्रमणमुक्त भएकाको कुल सङ्ख्या चार करोड २९ लाख ८३ हजार भन्दा बढी पुगेको छ । कोरोना भाइरस निको हुने यो दर ९८.५० प्रतिशत रहेको छ ।

    चौविस घण्टाको समयावधीमा कोरोना सङ्क्रमणमा २६ को मृत्यु भएको छ । कोरोना शुरु भएबाट हालसम्म यस महामाहरीको कारण पाँच लाख २५ हजार ४५० भन्दा बढीको मृत्यु भएको छ ।

    चौविस घण्टाको सो अवधीमाा दुई लाख ७८ हजार २६६ कोरोना परिक्षण भएको जनाइएको छ । यहाँ कोरोना सङ्क्रमण शुरु भएबाट हालसम्म ८६ करोड ६८ लाखभन्दा बढीको कोरोना भाइरस परीक्षण भएको बताइएको छ । भारतमा सन् २०२१ को जनवरी १६ बाट कोरोना भाइरसविरुद्ध खोप अभियान शुरु भएको थियो । सो समयदेखि हालसम्म कोरोनाविरुद्ध एक अर्व ९८ करोड ८८ लाख ७७ हजार ८६३ डोज खोप लगाइएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend