धनगढी । गणपुरक संख्या नपुगेपछि बजेटमाथि छलफलका लागि बोलाइएको सुदूरपश्चिम प्रदेश सभा बैठक स्थगित भएको छ । मंगलबार बिहान ११ बजेका लागि बोलाइएको बैठक एक घन्टा ढिलो गरी १२ बजे सुरु भएको थियो ।
गणपुरक संख्या नपुगेको भन्दै सभामुख अर्जनबहादुर थापाले बैठक स्थगित गरेको घोषणा गरे ।
प्रदेश सभा बैठक दिउँसो ३ बजेका लागि बोलाइएको छ। बैठकमा १३ जना मात्रै सांसद उपस्थित थिए ।