काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का नेता डा.भीम रावलले सरकारले आफ्नो प्रतिवद्धता विपरितका काम गरेको बताएका छन् । उनले सरकारले राष्ट्रिय हीतको सुरक्षा गर्न नसकेको बताए ।
सरकारले परराष्ट्र नीतिलाई संविधान बमोजिम अगाडी बढाउन नसकेको उनको भनाई छ । उनले सरकारले साझा न्यूनतम कार्यक्रम अनुरुप काम गर्न नसकेको बताए ।
उनले भने– ‘एक वर्षमा प्रधानमन्त्री शेरबहादुर देउवाजीको नेतृत्वको गठबन्धन सरकारले जे गर्छु भनेको थियो, त्यसको ठिक उल्टो गरेको छ । न राष्ट्रिय हीतको सुरक्षा गरेको छ । न परराष्ट्र नीतिलाई नेपालको संविधान बमोजिम अगाडी बढाएको छ । न अर्थतन्त्रलाई बढाएको छ । गठबन्धन सरकारको न्यूनतम साझा कार्यक्रम त कुन रद्दीको टोकरीमा छ अत्तोपत्तो नै छैन । यस अर्थमा यो सरकार जुन घोषित लक्ष्यका, उद्देश्यका साथ म गर्छु भनेर आएको थियो, त्यो औचित्यहीन, निरर्थक देखिएको छ ।’