काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का उपमहासचिव जगन्नाथ खतिवडाले पूर्व अर्थमन्त्री जनार्दन शर्माप्रति लक्षित गर्दै सिसिटिभीका धेरै फुटेजहरु हराएर देशलाई कमजोर बनाएको बताएका छन् । बिहीवार ललितपुरमा आयोजित नेपालमा विज्ञान तथा सूचना प्रविधि सम्बन्धित नीति संवाद कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।
उनले सिसिटिभी विज्ञानको एउटा प्रकरण भएको र त्यही प्रकरण अन्तर्गत सिसिटिभीको फुटेज हराएर देशलाई झनै कमजोर बनाइरहेको बताए । उनले सुशासन र पारदर्शिता विज्ञानलाई छलेर सम्भव नरहेको भन्दै विज्ञानलाइृ स्वीकार्न सकेमात्रै लक्ष्यमा पुग्ने बताए । उपमहासचिव खतिवडाले चिन्तन र जीवनशैलीमा क्रान्ति ल्याउनका लािग समाज परिवर्तन गर्न विज्ञानको प्रयोग गर्ने सम्पूर्ण आयामहरु तय गर्नसक्ने नीतिहरु बनाउन आवश्यक रहेको बताए । उनले राष्ट्रिय सुरक्षा बलियो बनाउन डिजिटलाइज सुरक्षा प्रणाली व्यवस्थित गर्न आवश्यक रहेको पनि बताए ।
उनले भने, ‘विज्ञान प्रविधिबाट हामी पछि परेका छौँ । चिन्तन र जीवनशैलीमा क्रान्ति ल्याउनका लािग समाज परिवर्तन गर्न विज्ञानको प्रयोग गर्ने सम्पूर्ण आयामहरु तय गर्नसक्ने नीतिहरु बनाऔँ । सुशासन र पारदर्शिताका प्रत्याभुति गर्नेगरी विज्ञान प्रविधिको प्रयोग गरौँ । सिसिटिभी विज्ञानको एउटा प्रकरण, सिसिटिभीको फुटेज हराएको अर्को प्रकरण । जिन्दगीमा धेरै फुटेजहरु हमीले हराउँदै हराउँदै गएका छौँ । र आफूलाई कमजोर पारेका छौँ । सुशासन र पारदर्शिता विज्ञानलाई छलेर सम्भव छैन । विज्ञानको अधिकतम उपयोग गरेर नै सम्भव छ । यतातिर ध्यान केन्द्रिकृत गर्नुपर्छ । राष्ट्रिय सुरक्षा बलियो बनाउन डिजिटलाइज सुरक्षा प्रणाली व्यवस्थितका लागि विज्ञान, प्रविधिको प्रयोग गर्नु नेपालको अर्को आवश्यक्ता हो । पुष्पकमल दाहाल कमरेडलाई सोधौँ । नेपालको दक्षिण, पूर्व, पश्चिमको सीमाना मेरो यहीँ हो भन्ने थाहा छ ? छैन । भारतले मिच्दै मिच्दै यो छेउसम्म मेरो भन्छ, नेपालले यो ठाउँमा भन्छ । प्रतिवाद गर्न सक्दैन । सम्भवतः १२३ वटा स्ट्रिप नक्शाहरु तयार गरिएको छ । त्यही नक्शा सिक्नेचर गरे नेपालका धेरै भूभाग गुमाउँछौँ । भ्रष्टाचारलाई नियन्त्रण नगरेसम्म राष्ट्रको सम्पती दुरुपयोग गरेर मेरो सुख, सुविधाका लागि प्रयोग गर्छु भन्ने विकृत मनोविज्ञानलाई नत्यागेसम्म विज्ञानमा पनि भ्रष्टाचार हुन्छ ।’
उपमहासचिव खतिवडाले फरक प्रशंगमा नेपालको दक्षिण, पूर्व, पश्चिमको सीमाना यही हो भन्ने सक्नुहुन्छ ? भन्दै नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाललाई प्रश्न गरे । उनले भ्रष्टाचारलाई नियन्त्रण नगरेसम्म र राष्ट्रको सम्पती दुरुपयोग गरेर आफ्नो सुख र सुविधाका लागि देशको सम्पती प्रयोग गर्छु भन्ने विकृत मनोविज्ञानलाई नत्यागेसम्म विज्ञानमा पनि भ्रष्टाचार हुने दाबी गरे ।