logo

२०८१ मंसिर ८ शनिबार

logo
  • शनिबार, ८ मंसिर २०८१
  • न्याय परिषद्को बैठकः न्यायाधीश बर्खास्त गर्नका लागि सिफारिस गर्ने निर्णय

    न्याय परिषद्को बैठकः न्यायाधीश बर्खास्त गर्नका लागि सिफारिस गर्ने निर्णय

    3.3K
    Shares
    न्याय परिषद्को बैठकः न्यायाधीश बर्खास्त गर्नका लागि सिफारिस गर्ने निर्णय

    काठमाडौं । न्याय परिषद्ले उच्च अदालत सुर्खेतको जुम्ला इजलासका न्यायाधीश नसरुल्लाह अन्सारीलाई बर्खास्त गर्नका लागि सिफारिस गर्ने निर्णय गरेको छ । आज बसेको परिषद्को बैठकले सो निर्णय गरेको हो ।

    उता जिल्ला अदालत बर्दिया न्यायाधीश लोकजंग शाहलाई परिषद् बैठकले पदमुक्त गर्नका लागि पनि सिफारिस गरेको छ । त्यस्तै तुलसीपुर उच्च अदालतकी न्यायाधीश कविता उप्रेतीलाई सचेत गराउने परिषद्ले निर्णय गरेको छ । अन्सारी र शाह खराब आचरण र कार्यक्षमताको अभावमा बर्खास्त गर्नका लागि सिफारिस भएका हुन् भने उप्रेतीलाई कार्यक्षमताको अभावमा सचेत गराइएको हो । परिषद्को सिफारिसमा प्रधानन्यायाधीशले उनीहरुलाई बर्खास्त गर्ने व्यवस्था रहेको छ ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend