काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहले र्याप गायनमा आधारित रियालिटी शो ‘नेपहपको श्रीपेच’का विजेतालाई श्रीपेच (मुकुट) प्रदान गरेका छन् । मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा शोका विजेता साइमन विष्ट (भाइबर साइमन)लाई जज समेत रहेका प्रमुख साहले पञ्चधातुबाट बनाइएको श्रीपेच पहिराएका हुन् ।
यसअघि ग्राण्ड फिनालेकै दिन प्रदान गरिएको श्रीपेच विवादमा परेपछि नयाँ निर्माण गरेर विजेतालाई प्रदान गरिएको हो । यसअघिको मुकुटप्रति बौद्ध धर्मगुरुहरुले आपत्ति जनाएपछि फिर्ता गरिएको थियो ।