logo

२०८१ मंसिर ८ शनिबार

logo
  • शनिबार, ८ मंसिर २०८१
  • एक हातले सिन्दुर लगाउने र अर्को हातले नागरिकता दिने प्रावधान गलत छ : खिमलाल देवकोटा

    एक हातले सिन्दुर लगाउने र अर्को हातले नागरिकता दिने प्रावधान गलत छ : खिमलाल देवकोटा

    3.1K
    Shares

    काठमाडौं । राष्ट्रिय सभा सदस्य खिमलाल देवकोटाले आमाको नामबाट वंशजको नागरिकता पाउने व्यवस्थाको दुरुपयोग हुनसक्ने बताएका छन् । सोमवार राष्ट्रिय सभा बैठकमा नेपाल नागरिकता पहिलो संशोधन विधेयक २०७९ माथिको छलफलका क्रममा बोल्दै राष्ट्रिय सभा सदस्य देवकोटाले आमाको नामबाट वंशजको नागरिकता पाउने व्यवस्था सकारात्मक भएको बताए ।

    यद्यपी सो व्यवस्थाको दुरुपयोग हुनसक्ने उनले आशंका व्यक्त गरे । लोभ, लालच देखाएर अथवा धम्क्याएर, नक्कली आमा खडा गरिने हो कि भन्नेमा उनले चिन्ता व्यक्त गरे । त्यस्तै आमाको नामबाट नागरिकता दिन आमाले स्वघोषणा गर्नुपर्ने कुराले महिलाको निष्ठा, आदर्श र पवित्रतामाथि नै अपमान भएको उनको भनाई छ ।

    राष्ट्रिय सभा सदस्य देवकोटाले वैवाहिक अंगिकृतको सम्बन्धमा एउटा हातले सिन्दुर लगाउने र अर्को हातले नागरिकता दिने प्रावधान आएको टिप्पणी गरे । उनले ७ वर्षे प्रावधान हटाउन नहुने धारणा राखे ।

    उनले नेपालमा गरिबी र बेरोजगारीको समस्या भएका कारण लोभ, लालचमा परेर नागरिकता वितरण हुनेतर्फ सचेत गराए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend