काठमाडौं । सभामुख अग्नि सापकोटाले सांसदहरुलाई अनिवार्य मास्क लगाउन आग्रह गरेका छन् । प्रतिनिधि सभा बैठकमा आज सभामुखले कोरोना भाइरसको संक्रमण पुनः बढ्दै गएकाले अनिवार्य मास्क प्रयोग गर्न सांसदहरुलाई आग्रह गरेका हुन् ।
बैठकमा सभामुख सापकोटाले भने, ‘कोभिड १९ को संक्रमण दर बढ्दै गइरहेको माननीय सदस्यहरुलाई विदितै छ । तसर्थ संसदका बैठकमा उपस्थित हुँदा आवश्यक सतर्कता अपनाउन र मास्क प्रयोग गर्नुहुन म आग्रह गर्छु ।’