logo

२०८१ मंसिर ८ शनिबार

logo
  • शनिबार, ८ मंसिर २०८१
  • गठबन्धन नामको तगारो पन्छाउनैपर्छः अध्यक्ष ओली

    गठबन्धन नामको तगारो पन्छाउनैपर्छः अध्यक्ष ओली

    3.6K
    Shares
    गठबन्धन नामको तगारो पन्छाउनैपर्छः अध्यक्ष ओली

     

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गठबन्धन नामको तगारो पन्छाउनैपर्ने बताएका छन्। बुधबार झापामा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्।

    अध्यक्ष ओलीले गठबन्धनमा आबद्ध दलहरु आफैं पनि मिलेको हुनसक्ने र अरुले मिलाइदिएको पनि हुनसक्ने बताए।

    उनीहरु आफैं पनि जुटेका होलान्, आफ्ना स्वार्थले। अरुले पनि उनीहरुलाई जुटाइदिएको होला। कहिले–कहिले आफैं मित लाउँछन् भन्ने पनि छैन। तिम्रो स्वभाविक मित्र यो हो, योसँग मित लगाऊ भनेर अरुले पनि मित लगाइदिन्छन्। त्यसकारण अरुले पनि यिनीहरुलाई जोडिदिएका होलान्उनले भने।

    ओलीले गठबन्धनको मुख्य उद्देश्य भनेको एमालेलाई कमजोर पार्ने र एमालेलाई सिध्याउने रहेको बताए। एमाले राष्ट्रियताको पक्षमा उभिने भएकाले सिध्याउन खोजिएको उनको तर्क थियो।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend