काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अहिलेको गठबन्धनलाई निरन्तरता दिने बताएका छन्। पार्टी कार्यालय पेरिस डाँडामा बसेको स्थायी कमिटी बैठकमा बोल्दै अध्यक्ष प्रचण्डले निर्वाचनसम्म यही गठबन्धन अघि बढ्ने बताएका हुन्।
विचार मिल्ने वामपन्थी पार्टीहरूका बीचमा समेत सहकार्यका लागि प्रयास भइरहेको उनले बताए। पार्टीको संगठनात्मक कामलाई कसरी अघि बढाउने भनेर बैठकमा प्रचण्डले एजेण्डा राखेका छन्। पोलिटब्युरोको चयनलाई निष्कर्षमा पुर्याउने एजेण्डा समेत उनले राखेका छन्।
आजको बैठकमा प्रचण्डले समसामयिक राजनीतिबारे ब्रिफिङ गरेको र बैठकका एजेण्डा राखेको स्थायी कमिटी सदस्य राम कार्कीले बताए।