काठमाडौं । संसदीय छानबिन छानबिन समिति सदस्य शक्तिबहादुर बस्नेतले सिसिटिभी फुटेज र अर्थ मन्त्रालयका कर्मचारीहरुसँग भएको छलफलको आधारमा करका दर हेरफेर गर्न अनाधिकृत व्यक्ति प्रवेश नगरेको निस्कर्षमा समिति पुगेको बताएका छन् । उनले भने,‘समितिले अर्थ मन्त्रालयका आवश्यक सबै कर्मचारीहरुसँग छलफल गरेका थियौं । त्यसपछि सिसिटिभी फुटेजहरु उपलब्ध भएसम्म हामीले हे¥यौं । सिसिटिभी रिकभर गर्ने काम पनि भयो । कतिपय ठाउँमा अनाधिकृत व्यक्तिको प्रवेशको बारेमा आधारहरु देखिन्न । कर्मचारीहरुसँग भएको छलफलको आधारबाट हेर्दा कुनैपनि अनाधाकृत व्यक्तिको प्रवेश भएको देखिएन । छलफलको निस्कर्ष यही हो । समितिले समय सिमालाई हेरर कति गर्न सकिने थियो हामीले त्यति ग¥यौं । सबै विषयमा सबैको एउटै मत हुन्छ भन्ने हुँदैन । करका दर हेरफेर गर्ने अनाधिकृत व्यक्ति प्रवेश गरे नगरेको विषयमा केन्द्रित थियो । तर उपलब्ध तथ्यहरु हेर्दा त्यो देखिन ।’
बस्नेतले सबै विषयमा सबै सदस्यको एउटै मत नहुने जिकिर गरे । उनले समिति करका दर हेरफेर गर्ने, अनाधिकृत व्यक्ति प्रवेश गरे÷नगरेको विषयमा केन्द्रित रहेको उल्लेख गर्दै त्यही उपलब्ध तथ्यका आधारमा समितिले छानबिन गरेको बताए ।