काठमाडौं । नेकपा एमालेका सांसद विशाल भट्टराईले सांसदको कार्यकाल कति रहने भन्ने नयाँ कानून नबनेकाले आगामी निर्वाचनको उम्मेद्वारी दर्ता गर्ने दिनसम्म कार्यकाल रहने बताए । उनले एमाले कसैको वैशाखी नटेकी आफ्नै खुट्टामा उभिएर सशक्त रुपमा चुनाव लड्ने बताए ।
उनले कसैले एमालेको चुनाव चिन्हमा मिलेर लड्ने कुनै पार्टी आए त्यसलाई स्वीकार गर्ने बताए ।