logo

२०८१ मंसिर ८ शनिबार

logo
  • शनिबार, ८ मंसिर २०८१
  • सरकारले आगामी ४ मंसिरमा निर्वाचनको मिति घोषणा गर्नु स्वभाविकै होः अध्यक्ष ओली

    सरकारले आगामी ४ मंसिरमा निर्वाचनको मिति घोषणा गर्नु स्वभाविकै होः अध्यक्ष ओली

    3.5K
    Shares
    सरकारले आगामी ४ मंसिरमा निर्वाचनको मिति घोषणा गर्नु स्वभाविकै होः अध्यक्ष ओली

    काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले सरकारले आगामी ४ मंसिरमा प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको मिति घोषणा गर्नु स्वाभाविक भएको बताएका छन् । आज (बिहीबार) कूटनीतिक मामिला हेर्ने पत्रकारहरूसँग अन्तरक्रियामा ओलीले निर्वाचनको मिति घोषणा गर्नु स्वाभाविक भएको बताएका हुन् ।

    ‘निर्वाचन घोषणा स्वाभाविक हो । यसमा देश जानुपर्छ भनेर हामीले भन्दै आएका थियौं,’ ओलीले भने । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले ४ मंसिरमै निर्वाचन गर्ने निर्णय गरेको थियो । यसअघि निर्वाचन आयोगले ४ मंसिरमा एकै चरणमा निर्वाचनको मिति तोक्न सरकारलाई सिफारिस गरेको थियो । सत्तारुढ पाँच दलीय गठबन्धनको बुधबारको बैठकले ४ मंसिरमा निर्वाचन गर्ने सहमति गरेको थियो ।

    सरकारले प्रदेश र प्रतिनिधि सभा निर्वाचन मंसिर ४ गते गर्ने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद्को बैठकले प्रतिनिधि सभा निर्वाचन मंसिर ४ गते गर्ने निर्णय गरेको हो ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend