logo

२०८१ मंसिर ८ शनिबार

logo
  • शनिबार, ८ मंसिर २०८१
  • महाअभियोग प्रश्तावमाथिको छलफलः कसले के भने ?

    महाअभियोग प्रश्तावमाथिको छलफलः कसले के भने ?

    2.5K
    Shares
    महाअभियोग प्रश्तावमाथिको छलफलः कसले के भने ?

     

    काठमाडौं । नेपाली काँग्रेसकी सांसद डा. डिला संग्रौला पन्तले प्रधानन्यायाधीशका बिरुद्धमा सर्वोच्च अदालतमा आन्दोलन भएपनि उनले सहज निकास नदिएका कारण महाअभियोग लगाउनुपरेको बताएकी छन् । जबराले अदालतभित्र बेथितिलाई उत्कर्षमा पु¥याएको उनले बताइन् ।

    उनले भनिन्– ‘यो प्रश्ताव उपयुक्त छ । किनभने न्यायालय भित्र विविध विकृति, बेथितिलाई उत्कर्षमा पु¥याएको । न्यायालयमा बिचौलियाको राज बढाएको तथा मुद्दा फैसलामा समेत मिलेमतो गरेको भनि लामो समयसम्म नेपाल बार एशोसिएशन, नागरिक समाज, आन्दोलनमा उत्रिएका थिए । यसको सहज निकास स्वयं निलम्बित प्रधानन्यायाधीशले दिनुपर्ने थियो । उहाँले मार्ग प्रशस्त गर्नुभएन । त्यसको सहज निकासको लागि यो महाअभियोगको प्रस्ताव हामीले दर्ता गरेका हौँ ।’

    नेपाली काँग्रेसका सचेतक तथा सांसद मिन विश्वकर्माले ९ महिनासम्म संसद राम्रोसँग सुचारु हुन नसकेको कारण समयमै महाअभियोग प्रश्तावको छिनोफानो हुन नसकेको बताए । उनले स्थानीय तह निर्वाचन तथा बजेटका कारण पनि ढिलो हुन गएको उल्लेख गर्नुभयो । उहाँले महाअभियोग सिफारिस समितिले उपयुक्त सिफारिस गरेर महाअभियोग प्रश्ताव पारित गर्नुपर्ने बताए ।

    राष्ट्रिय जनमोर्चाकी सांसद दुर्गा पौडेलले प्रधानन्यायाधीश बिरुद्धको महाअभियोग प्रश्ताव सत्तापक्ष र प्रतिपक्षको साझा भएको बताइन् । उनले प्रधानन्यायाधीशमाथि महाअभियोग लगाउनुको विकल्प नभएको स्पष्ट पारिन् ।

    नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले प्रधानन्यायाधीश जबरासँग उहाँमाथि लागेको आरोपको सम्बन्धमा बयान लिनुपन बताए । उनले महाअभियोगको सिकार भएका प्रधानन्यायाधीशको फैसलाले प्रतिनिधि सभा पुनस्र्थापना भएको र प्रधानमन्त्री नियुक्त भएको भन्दै यसमा नैतिक प्रश्न उठेको बताए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend