logo

२०८१ मंसिर ८ शनिबार

logo
  • शनिबार, ८ मंसिर २०८१
  • २४ घण्टामा थप दश हजारले लगाए कोभिड–१९ विरुद्धको बुस्टर डोज

    २४ घण्टामा थप दश हजारले लगाए कोभिड–१९ विरुद्धको बुस्टर डोज

    3.1K
    Shares
    २४ घण्टामा थप दश हजारले लगाए कोभिड–१९ विरुद्धको बुस्टर डोज

    काठमाडौं । बितेको २४ घण्टामा दश हजार ५३ जनाले कोरोनाभाइरस (कोभिड–१९) विरुद्धको बुस्टर डोज खोप लगाएको छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार, हालसम्म लक्षित जनसङ्ख्या ३१।५ प्रतिशतले बुस्टर डोज लगाएका छन् ।

    लक्षित जनसङ्ख्या १२ वर्ष माथिका २ करोड ३३ लाख २७ हजार ६१ जना रहेका छन् । जसमध्ये ७३ लाख ५१ हजार ६९६ जनाले बुस्टर डोज लगाएको मन्त्रालयले जनाएको छ । लक्षित जनसङ्ख्या मध्ये ९२।६ प्रतिशतले पहिलो मात्रा लगाएका छन् भने ८८.४ प्रतिशतले पूर्णमात्रा कोरोनाविरुद्धको खोप लगाएका छन् ।

    यद्यपि कुल जनसङ्ख्या २ करोड ९१ लाख ९२ हजार ४८० जनामा ७०।७ प्रतिशतले मात्रै पूर्णमात्रा खोप लगाएका छन् । ७४.० प्रतिशतले एक मात्रा खोप लगाएका छन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend