काठमाडौं । नेकपा (एमाले)की सांसद आशाकुमारी विकले नासु भन्दा तल्लो तहका कर्मचारीको मनोबल घटाउने गरी तलव वृद्धि गरेको भन्दै त्यस्तो कार्य तत्काल बन्द गर्न सरकारको गम्भिर ध्यानाकर्षण गराएकी छन् । शाखा अधिकृत भन्दामाथिको कर्मचारीको तलव २६ प्रतिशतसम्म वृद्धि गरेको तर नासु भन्दा तलका कर्मचारीको तलव १५ प्रतिशत मात्रै वृद्धि गरेर उनीहरुमाथि सरकारले अन्याय गरेको उनको दावी थियो ।
सांसद विकले भनिन्, ‘सिंहदरवारमा कर्मचारीहरुको आन्दोलन छ । शाखा अधिकृतहरुभन्दा माथिको २४ देखि २६ प्रतिशत बढने, नासुदेखि तलको कर्मचारीको तलव १५ प्रतिशत भन्ने विषयले नै स्पष्ट हुन्छ–सरकार ठूलोलाई खुसी पार्ने र सानाको मनोबल घटाउने यस्तो कार्य तत्काल अन्त्य गरियोस् ।’