काठमाडौं । नेपाली काँग्रेसका सहमहामन्त्री महेन्द्र यादवले पार्टीबाट स्थानीय तहमा जितेका जनप्रतिनिधिहरुको काम, कर्तव्य, दायित्वको बारेमा प्रशिक्षण दिने काम समय सान्दर्भिक रहेको प्रतिक्रिया दिए । उनले यो प्रशिक्षणले मेयर, उपमेयर र वडा अध्यक्ष, उपाध्यक्षको लागि जनमुखी काम गर्न प्रेरित गर्ने बताए ।
उनले भने, ‘पार्टीबाट स्थानीय तहमा जितेका जनप्रतिनिधिहरुको काम, कर्तव्य, दायित्वको बारेमा प्रशिक्षण दिने साथै उहाँहरुलाई स्वागत बधाई गर्ने कार्यक्रम भइरहेको छ । यसले मेयर, उपमेयरहरुको लागि जनमुखी काम गर्नका लागि राम्रो अवसर पुग्नेछ ।’