logo

२०८१ मंसिर ८ शनिबार

logo
  • शनिबार, ८ मंसिर २०८१
  • आजको मौसमः यी स्थानमा चट्याङ्गसहित भारी वर्षाको सम्भावना

    आजको मौसमः यी स्थानमा चट्याङ्गसहित भारी वर्षाको सम्भावना

    2.9K
    Shares
    आजको मौसमः यी स्थानमा चट्याङ्गसहित भारी वर्षाको सम्भावना

    काठमाडौँ । हाल प्रदेश १ का पहाडी भूभागमा पूर्ण बदली रहि देशका अन्य प्रदेशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रहेको छ।

    बुधबार दिउँसाे  प्रदेश १ मा सामान्य बदली रहि देशका पहाडी भूभागमा आंशिक देखि सामान्य बदली र देशका अन्य भूभागमा आंशिक बदली रहनेछ। प्रदेश १ र बागमती प्रदेशका केहि तथा बाँकी प्रदेशका एक-दुई स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।

    राति पनि गण्डकी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित भारी वर्षाको समेत सम्भावना रहेको छ।

    त्यस्तै, बिहीबार लुम्बिनी प्रदेश र कर्णाली प्रदेशमा सामान्य बदली रहि अन्य प्रदेशहरूमा आंशिक देखि सामान्य बदली रहनेछ। लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका केहि र बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । लुम्विनी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित भारी वर्षाको समेत सम्भावना रहेको छ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend