logo

२०८१ मंसिर ८ शनिबार

logo
  • शनिबार, ८ मंसिर २०८१
  • मुस्लिम समुदायलाई मन्त्री मेटमणि चौधरीले भने– भर्‍याङ मात्र बन्ने हैन नेतृत्व दावी गर्नुस्

    मुस्लिम समुदायलाई मन्त्री मेटमणि चौधरीले भने– भर्‍याङ मात्र बन्ने हैन नेतृत्व दावी गर्नुस्

    3.5K
    Shares
    मुस्लिम समुदायलाई मन्त्री मेटमणि चौधरीले भने– भर्‍याङ मात्र बन्ने हैन नेतृत्व दावी गर्नुस्

    काठमाडौं । शहरी विकास मन्त्री मेटमणि चौधरीले मुस्लिम समुदायलाई भर्‍याङ मात्र नबन्न आग्रह गरेका छन् ।

    जामिया सिराजुल उलूम अलसाल्फिया विद्यालयले आयोजना गरेको बधाई तथा सम्मान कार्यक्रममा बोल्दै मन्त्री चौधरीले भने, ‘नेपाल राष्ट्र बनेदेखि नै मुस्लिम समुदाय नेपाल प्रवेश गरेको इतिहास छ । प्रवेश मात्र होइन राष्ट्र बनाउन योगदान रहेको छ । तर सधैँ किन भर्‍याङ मात्र बन्ने ?’

    सिमान्तकृत समुदायले अब नेतृत्व दावी गर्नुपर्ने बेला आएको बताउँदै सहरी विकास मन्त्रीले थपे, ‘उम्मेदवारी दिनुहोस् । नेतृत्व दावी गर्नुहोस् ।’

    कार्यक्रममा जामिया सिराजुल उलूम अलसाल्फियाका प्रवक्ता मौलाना मशहूद खाँले मौलानाहरु र प्राथमिक देखि माध्यामिक तहका विद्यालयहरुलाई दिँदै आएको सरकारी रकम निकै कम भएकाले मदरसा सञ्चालन गर्न अत्यन्त मुस्किल परेको बताए । उनले होस्टेल, पर्खाल र भवन मर्मतका लागि ध्यानाकर्षण गराएका थिए ।

    मन्त्री चौधरीले मदरसाका विभिन्न भवन, होस्टेल, कार्यालय निरिक्षण गर्नुका साथै समस्या समाधानमा विशेष पहल समेत बताएका छन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend