काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जाँड खाएर मरेकाको शालिक बनेको टिप्पणी गरेका छन् । अध्यक्ष ओलीले जाँड खाएर मरेका नेताका आफन्तको शालिक बनाइएको र जनयुद्धमा मारिएका सहिदको कनै शालिक नबनेको बताएका हुन् ।
आज (बुधबार) पार्टी कार्यालयमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
अध्यक्ष ओलीले भने ‘हिजो महान जनयुद्ध भनेर होमिएका लडाकु कहाँ छन ? हिजो स्कुल छाडेका कहाँ छन् ? हातखुट्टा भाँचिएका कहाँ छन ? तीनलाई कहिल्यै सम्झ्या छ ?,’ उनले भने, ‘ती सहिदको सालिक बन्या छ ? जाँड खाएर मरेकाको शालिक बनेको छ । युद्धमा मरेकाको शालिक बनेको छ ?’
याे पनि: