काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेस प्रचण्डको कार्यकर्ता भएको टिप्पणी गरेका छन् । उनले कांग्रेस अब लोकतान्त्रिक पार्टी नरहेको बताए ।
आज (बुधबार) पार्टी कार्यालयमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
अध्यक्ष ओलीले कांग्रेस नीति, आचरण, सिद्धान्त, विचार, व्यवहार लगायत कुनै पनि विषयमा लोकतान्त्रिक नरहेको आरोप लगाए । कांग्रेस अब कहीँकतैको लोकतान्त्रिक पार्टी रहेन । कांग्रेसले लोकतान्त्रिक पार्टी हो भन्नु बेकार छ । कांग्रेस लोकतान्त्रिक रहेन । कांग्रेस प्रचण्डको कार्यकर्ता हो, उनले भने ।