काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपतिले संसदमा फिर्ता पठाएको नागरिकता बिधेयकलाई जस्ताको तस्तै फिर्ता पठाउने सत्तारुढ गठबन्धनको निर्णयप्रति आपत्ति जनाएका छन् । अध्यक्ष ओलीले संसदले एक पटक विचार गरोस् भनेर राष्ट्रपतिले पठाएको सो गम्भिर महत्वको विधेयकलाई संसद बाहिरै बसेर सत्तारुढ गठबन्धनले सो निर्णय गरेको भन्दै आक्रोश समेत व्यक्त गरे ।
बुधबार ललितपुरमा आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्दै उनले संसदमा सो विधेयकको विषयमा बहस समेत गर्न नदिएर सत्तारुढ गठबन्धनले ‘आफूलाई खोपडी नभएको मसले’को रुपमा प्रस्तुत गरेको जिकीर समेत गरे । संसदीय अभ्यासको समेत ख्यालै नगरी सत्तारुढ गठबन्धनले आफ्नो बहुमतको तागत देखाईदिने भन्दै सो विधेयक राष्ट्रपतिलाई जस्ताको तस्तै फिर्ता पठाउने निर्णय गरेको अध्यक्ष ओलीको भनाई थियो ।
सत्तारुढ गठबन्धनको सो निर्णयमा बहुमतको घमण्ड चढेको उल्लेख गर्दै उनले त्यस्ताहरुको हातमा देश चल्न नसक्ने बताए । उनले भने, ‘नागरिकता विधेयक राष्ट्रपतिले संसदमा एकपटक विचार गरोस्, कमीकमजोरी नरहोस् । यो धेरै गम्भिर महत्वको प्रश्न हो भनेर फिर्ता पठाउनु भएछ । संसदमा होइन् बाहिर बसेर राष्ट्रपतिले फिर्ता पठाउनु भएपछि पाखुरी छामेर राष्ट्रपतिले फिर्ता पठाउने ? जस्ताको तस्तै फिर्ता पठाउने । हिजो निर्णय गरे । संसदमा छलफल हुनै बाँकि छ । के छलफल हुन्छ अव । पाखुरेहरुले पाखुराको भाषा बोलिसके हिजै–जस्ताको तस्तै पठाईदिने ।
हाम्रो बहुमतको तागत देखाई दिने । को हो राष्ट्रपति, संसदलाई विचार गर्नु भन्ने ? यस्ता घमण्डीहरुले तर्क छैन, तार्किकता होइन । बल, पाखुरा, मसलका कुरा गर्नेहरु । यस्तो देश चलाउँछन ? देशको दूर्भाग्य हो यो । यस्तो सरकार छ देशमा । यो संसदीय अभ्यास नै होइन । संसदमा काँग्रेस होला, माओवादी केन्द्र भन्नेहोला । माधव नेपालको पार्टी होला । गठबन्धनको पार्टी होला नि संसदमा । त्यहाँ बहस गरे हुन्छ नि । अनि बाहिर यसै फिर्ता गर्ने निर्णय त भईसक्यो उनीहरुको । कस्तो संसदीय अभ्यास । विचारविमर्श नगर्ने, सोझै पठाई दिने–जस्ताको तस्तै ।
कुरा राम्रो, नराम्रोको मतलव छैन । हाम्रो पाखुराको कुरा हो यो । यस्तालाई सरकारका राख्नुहुन्छ ? नेपाली जनताले । यी खोपडीमा टाउकामा नभएका, पाखुरामा मसल मात्रै भएका हुन । खोपडीहीन मसले ।’
अध्यक्ष ओलीले सत्तारुढ गठबन्धनले मुलुकलाई बर्बाद पार्ने भएकाले आगामी निर्वाचनमा आफ्नो पार्टीले बहुमत ल्याउनुपर्ने पटकपटक दोहो¥याए ।
याे पनि: