काठमाडौँ । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक सरेको छ । बिहीबार बिहान ९ बजेका लागि बोलाइएको बैठक स्थगित गरेर अपराह्न ४ बजेका लागि सारिएको हो ।
आजको बैठकमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पदाधिकारी प्रस्ताव गर्ने तयारी छ । स्रोतका अनुसार महासचिवमा देव गुरुङको संभावना बढेको छ। यसअघि महासचिवको चर्चामा रहेका नेताद्वय वर्षमान पुन र जनार्दन शर्माबीच सहमति जुटाउन नसकेपछि तेस्रो व्यक्तिलाई महासचिव बनाउने तयारी भएको हो ।
माओवादीको आठौं महाधिवेशन सकिएको सात महिना पूरा भइसक्दा पनि अहिलेसम्म पदाधिकारीको टुंगो लगाउन सकेको छैन ।