काठमाडौं । सांसद इन्दुकुमारी शर्माले संविधान सभाबाट संविधान बनेको सात वर्षसम्म नागरिकतामा राजनीति भएको बताइन् । उनले राजनीतिक दलहरुले समेत नागरिकतामा गम्भिर नहुँदा लाखौं नागरिक नागरिकता विहीन भएको बताइन् ।
सांसद शर्माले राष्ट्रपति विद्यादेवी भण्डारीले दुवै सदनले पास गरेर पठाएको नागरिकता विधेयक फिर्ता पठाएर लाखौं नागरिकको अधिकारमाथि कुठाराघात भएको बताइन् । उनले राष्ट्रपतिले जनताको संवेनशिलता भन्दा पनि राजनीतिक दल भन्दा माथि उठ्न नसकेको आरोप लगाइन् ।