काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक बिना निस्कर्ष सकिएको छ । शुक्रवार पार्टी कार्यालय पेरिस डाँडामा बसेको बैठकले पदाधिकारी टुंगो लगाउने भनिएपनि बैठक निस्कर्ष बिना नै सकिएको हो ।
बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै पार्टीका प्रवक्ता कृष्णबहादुर महराले पदाधिकारीको बारेमा लगभग टुंगो लागिसकेपनि निर्णय भने भइनसकेको बताए । उनले आगमी निर्वाचनको विषयमा पनि बैठकमा विस्तृत छलफल भएको बताए । उनले पार्टी अध्यक्ष पुष्पकमल दाहालको कार्य व्यस्तताका कारण पनि पदाधिकारीको टुंगो लाग्न नसकेको बताए । माओवादी केन्द्रको बैठक केही दिन यता पदाधिकारी टुंगो लगाउने भन्दै निरन्तर बसिरहेको छ ।
यद्यपी पदाधिकारीको टुंगो भने विविध कारणवश लाग्न सकेको छैन । पार्टी स्थायी कमिटीको अर्को बैठक शनिवार १ बजेका लागि बोलाइएको छ ।