काठमाडौं । नेकपा माओवादी केन्द्रको महासचिव पदमा ७ जना नेताले दाबी गरेका छन् । शुक्रबारको माओबादी स्थायी कमिटी बैठकमा देव गुरुङ, वर्षमान पुन, जनार्दन शर्मा, गिरिराजमणि पोखरेल, हरिबोल गजुरेल, शक्ति बस्नेत र पम्फा भुसालले महासचिवमा दाबी गरेका हुन् ।
नेताद्वय वर्षमान र जनार्दनले आफूहरुको कारण पदाधिकारी नटुंगिएको भन्ने सन्देश गएको भन्दै छिटो टुंग्याउन आग्रह गरेका छन् ।