काठमाडौं । नेपाली कांग्रेसका नेता, समाजवादी चिन्तक तथा पूर्व केन्द्रीय सदस्य एवं प्रतिनिधि सभा सदस्य प्रदीप गिरीको निधनप्रति नेपाली कांग्रेसद्वारा गहिरो दुःख व्यक्त गरेको छ । ७५ वर्षीय गिरीको आज राति ९ः३० बजे ललितपुर स्थित नेपाल मेडिसिटी अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।
स्वर्गीय गिरीले नेपाली कांग्रेसको संगठन विस्तार र लोकतान्त्रिक आन्दोलनमा पु¥याएको अतुलनीय योगदान पार्टीको इतिहासमा सदा स्मरणीय रहि रहने विज्ञप्तीमा उल्लेख छ ।
उनको पार्थिव शरीरलाई श्रद्धाञ्जलीका लागि २०७९ भाद्र ५ गते, आइतबार देहाय बमोजिम समय र स्थानमा राखिने कार्यक्रम रहेको छ ।
– बिहान ९ः०० बजेदेखि ११ बजेसम्म नेपाल मेडिसिटी अस्पतालको प्राङ्गणमा रहेको शिवालय मन्दिर ।
– विहान ११ः३० देखि २ः०० बजेसम्म नेपाली कांग्रेस केन्द्रीय कार्यालय, वीपी स्मृति भवन, वीपी नगर, ललितपुर ।
– तत् पश्चात अन्तेष्ठिका लागि पशुपति आर्यघाटमा लगिने ।