झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मंसिर ४ गतेको निर्वाचनपछि नेकपा एमालेको सरकार बनेन भने देश झन् बर्बादीतर्फ जाने बताएका छन् । झापाको बिर्तामोडमा प्रोग्रेसिभ इञ्जिनियर एशोसिएसन नेपालको प्रदेश भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् ।
गठबन्धनको सरकार बनेको एक वर्षमा देश तहसनहस भएको पनि उनले बताए ।
अध्यक्ष ओलीले आउँदो मंसिर ४ गतेको निर्वाचन देशलाई अघि बढाउन र सार्वभौमसत्ता दिलाउनका लागि महत्वपूर्ण हुने बताए ।
देशलाई बर्बादीबाट बचाउनको लागि आगामी निर्वाचन आवश्यक भएको बताए । आगामी निर्वाचनपछि एमाले बाहेकको सरकार भए लोकतन्त्र नै समाप्त हुने उनको भनाइ छ ।