logo

२०८१ मंसिर ८ शनिबार

logo
  • शनिबार, ८ मंसिर २०८१
  • काँग्रेस नेता स्व.प्रदीप गिरीका बारेमा नेताहरुः कसले के भने ?

    काँग्रेस नेता स्व.प्रदीप गिरीका बारेमा नेताहरुः कसले के भने ?

    3.4K
    Shares
    काँग्रेस नेता स्व.प्रदीप गिरीका बारेमा नेताहरुः कसले के भने ?

    काठमाडौं । नेपाली काँग्रेसका नेता डा. शेखर कोईरालाले काँग्रेस नेता स्व. प्रदीप गिरी निडर नेता भएको बताएका छन् । आईतवार बिहान नेता गिरीलाई श्रद्धाञ्जली दिन मेडिसिटी अस्पताल पुगेका नेता कोईरालाले उनि आफ्नो कुरा स्पष्टसँग राख्नसक्ने निडर नेता भएको बताएका हुन् ।

    गिरीको सादगी जीवनबाट नेपालका राजनीतिज्ञहरुले पनि केही सिक्नुपर्ने उनको भनाई छ । उनले भने – ‘उहाँ निडर मान्छे । पार्टीले मलाई के गर्छ, कसो गर्छ भन्ने पनि थिएन । त्यसलाई कसैले अराजक भन्ला, कसैले विचारक भन्ला, कसैले पार्टीभन्दा अलिकति माथि भन्ला यो आफ्नो ठाउँमा छ । र उहाँबाट हामीले सिक्नुपर्ने भनेको सादगी जीवनपनि हामीले सिक्नुपर्नेछ ।’

    त्यस्तै गृहमन्त्री तथा नेपाली काँग्रेसका नेता बालकृष्ण खाँणले गिरी नेपाली राष्ट्रियताको संवद्र्धन र जनताको अधिकारलाई स्थापित गर्न जीवनभर लागिरहनुभएको बताए । गिरीले नेपाली काँग्रेसलाई समावेशी बनाउन महत्वपूर्ण भुमिका निर्वाह गर्नुभएको उनले उल्लेख गरे ।

    उनको निधनले सिंगो देशलाई क्षति भएको मन्त्री खाँणको भनाई छ । उनले भने – ‘नेपालको राजनीतिमा उहाँको प्रतिवद्धता प्रजातान्त्रिक समाजवादप्रति थियो । प्रजातान्त्रिक समाजवादको एउटा प्रखर चिन्तककै रुपमा थिए उहाँ । उहाँको राजनीति दार्शनिक ढंगको थियो । राजनीतिलाई सही दिशामा लिएर जाने, नेपालको राष्ट्रियताको संवद्र्धन र जनताको जनाधिकारलाई स्थापित गर्ने क्रममा उहाँ जिन्दगिभर लागिरहनु भयो । नेपाली काँग्रेसको प्रभावशालि नेता हो । आफ्नो निर्वाचन क्षेत्रमा पनि उहाँ सबैको लोकप्रिय नेता हुनुहुन्थ्यो । नेपाली काँग्रेसलाई समावेशिकरण गर्न, सबै जातजाति, भाषाभाषि, धर्म, संस्कृतिलाई समान रुपमा महत्व दिनुपर्छ र स्थान दिनुपर्छ भन्नेमा उहाँको शुरुदेखि नै जोड थियो र नेपाली काँग्रेसले त्यसलाई अंगिकार पनि गरेको छ । मुलुकले पनि अंगिकार गरेको छ ।’

    वागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले गिरीलाई समाजवादी विचारका चिन्तक तथा अध्ययनशिल व्यक्तित्वको रुपमा उल्लेख गरे । उनले कम्युनिष्ट र काँग्रेस मिलेर नै देशको विकास गर्नुपर्छ भन्ने पक्षमा रहनुभएको मुख्यमन्त्री पाण्डेले बताए । विगतमा पञ्चायतबिरुद्ध कम्युनिष्ट र काँग्रेसको एकताको पक्षमा गिरि रहेकै कारणले पनि सो आन्दोलन सफल भएको उहाँले स्मरण गरे ।

    अर्थमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का नेता जनार्दन शर्माले गिरी नेपाली राजनीतिको एउटा ताराको रुपमा रहनुभएको उल्लेख गरे । गिरिलाई सादगि जीवन जिउने निष्ठावान राजनीतिज्ञको रुपमा अथ्र्याए । गिरीले लोकतन्त्र र समाजवादको गहिरो व्याख्या गर्ने गरेको स्मरण गरे ।

    नेपाली काँग्रेसका नेता उदय समशेर राणाले प्रदीप गिरी निःस्वार्थी नेता भएको उल्लेख गरे । कुनैपनि लोभ उनमा नरहेको भन्दै राणाले सांसद बनेर संसदमार्फत बोलि सरकारलाई दबाब दिनुमात्रै उनको चाहना रहेको बताए ।

    गिरिलाई पार्टी कार्यकर्ताले असाध्यै माया गर्ने गरेको र महाधिवेशनमा जिताउने गरेको पनि उनले बताए । ७५ वर्षीय गिरीको शनिवार राति साढे ९ बजे उपचारका क्रममा मेडिसिटी अस्पताल निधन भएको थियो । आज बिहान मेडिसिटी अस्पतालमा अन्तिम श्रद्धाञ्जली दिएपछि अहिले उहाँको पार्थिव शरीर पार्टी केन्द्रिय कार्यालयमा अन्तिम श्रद्धाञ्जलीका लागि राखिएको छ । आज नै उहाँको पार्थिव शरीरको अन्त्येष्टि गरिनेछ ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend