काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले तराई, मधेशमा देखिएका नागरिकताको समस्या समाधान गर्ने काम एमालेले मात्रै गर्न सक्ने दावी गरेका छन् । अरुले मधेशमा त्यहाँका जनताको समस्या समाधान होइन, राजनीति मात्रै गरिरहेको उनको आरोप थियो ।
ओलीले २०५१ सालमा आफूले गृहमन्त्री भएको बेला नागरिकता समस्या समाधानका लागि धनपति आयोग बनाएको र पछि प्रधानमन्त्री हुँदा ती समस्या समाधानका लागि ल्याइएको विधेयक तत्कालीन नेकपाका अध्यक्ष पुष्पकमल दाहाल आफैंले अघि बढन नदिएको गुनासो समेत गरे । उनले विवाहित अंगीकृत नागरिकता पाउनका लागि केही समय कुर्नुपर्ने भन्दै त्यसलाई हतारोको विषय बनाउन नहुने बताए ।
अध्यक्ष ओलीले भने, ‘नागरिकता सम्बन्धि ५१ सालमा म गृहमन्त्री हुँदा धनपति उपाध्यायको नेतृत्वमा आयोग बनाएर समस्या समाधान कसरी गर्ने भनेर गरेका थियौं । मैले प्रधानमन्त्री हुनेवित्तिकै यसपल्ट नागरिकता विधेयक पेश गरेको थिए । एकै पार्टी भएपनि प्रचण्डले त्यसलाई रोकेको रोक्यै गरेर अहिले बडा बेढंगी तालले, गलत ढंगले छलफल गर्न नदिईकन उनीहरुले अगाडि बढाएका छन । त्यो देशको हितको पक्षमा हुनुपर्छ, जनताको हितको पक्षमा हुनुपर्छ । नेपाली नागरिकले नागरिकताको प्रमाण पत्र पाउनुपर्छ । नागरिकका सन्तानले नागरिकताको प्रमाणपत्र पाउनुपर्छ । नागरिकताको समस्या त्यही त हो नि । वैवाहिक अंगीकृतले आवश्यक समय पूरा गरेपछि नागरिकता प्राप्छ गर्छ । त्यो त जग्गेमै त दिने होइन त । अलिकति समय हेर्नुप¥यो ।
त्यो विवाह साँच्चै हो कि होइन । टिक्छ कि टिक्दैन । नेपालमा विवाह गरिसकेपछि अंशमा अधिकार हुन्छ । अश पाउन मात्रै विवाह गरि टोपलेको छ कि । यस्ता कुराहरु अलिकति हेर्नुपर्छ । कहिलेकहिले नागरिकहरुलाई कसैले झुक्याउन खोज्यो भने पनि राज्यले हेर्नुपर्छ कहीँ ठग्न पो खोजेको छ कि ? त्यस्ता कुराहरुबाट हामी सजग हुनुपर्छ । र, नागरिकताको समस्या सही ढंगले समाधान गर्ने नेकपा एमालेबाहेक अरु कोही छैन । अरुले त राजनीति मात्रै गर्ने हो । अरुले मधेशमा राजनीति मात्रै गर्छ । मधेशको विकास, मधेशी जनताको विकास, मधेशी जनताको शिक्षा, मधेशी जनताको स्वास्थ्य यी सबै कुरामा । हामीले विद्यालय भर्ना अभियान संचालन ग¥यौं । अभिभावकत्वको कुरा ग¥यौ ।’
अध्यक्ष ओलीले मधेशका जनताको समस्या समाधानका लागि एमाले नेतृत्वको अघिल्लो सरकारले धेरै काम गरेको दावी समेत गरे ।