logo

२०८१ मंसिर ८ शनिबार

logo
  • शनिबार, ८ मंसिर २०८१
  • प्रदीप गिरिजीको अन्तिम इच्छा अनुसार म सद्‍भावना पार्टीबाट स्वतन्त्र भएँ : सरिता गिरी

    प्रदीप गिरिजीको अन्तिम इच्छा अनुसार म सद्‍भावना पार्टीबाट स्वतन्त्र भएँ : सरिता गिरी

    4.5K
    Shares

    काठमाडौं । सरिता गिरीले नेपाल सद्‍भावना पार्टी परित्याग गरेको घोषणा गरेकी छिन् । स्वर्गीय प्रदीप गिरिको अन्तिम इच्छा अनुसार आफू सदभावना पार्टी छोडेको बताएकी छन् । ‘म दिवंगत माननीय प्रदीप जीको राजनीतिक र सामाजिक रूपान्तरणको एजेण्डालाई अगाडी बढाउनका लागि वहाँको अन्तिम इच्छा अनुसार आफू नेपाल सद्भावना पार्टी बाट स्वतन्त्र भएको घोषणा गर्दछु,’ सरिता गिरीले फेसबुकमा लेखेकी छिन्, ‘नेपाल सद्‍भावना पार्टीलाई मैरो सदैव सद्‍भावना रहने छ ।’

    २०७४ सालदेखि सिरहा लहानमा बसेर काम गर्दै आएको दाबी गर्दै उनले त्यहींका जनताबीच कर्मभूमि रहेको बताएकी छिन् । तर उनले आफूले प्रदीप गिरिको विरासत वा उत्तराधिकारीको दाबी नगरेको पनि स्पष्ट पारेकी छन् ।

    उनले लेखेकी छिन्, ‘म प्रष्ट गर्न चाहन्छु म विरासत वा उतराधिकारको राजनीतिमा विश्वास गर्दिन न त प्रदीप दाइ गर्नु हुन्थ्यो । कर्मको राजनीति मेरो साध्य र साधन दुबै हुने छ ।’

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend