काठमाडौं । काठमाडौं महानगरपालिकाले काठमाडौं मल पछि खिचापोखरीस्थित आरबी कम्प्लेक्स अगाडिको संरचनामा पनि डोजर चलाएको छ । काठमाडौं मल अगाडि नक्सा पास बिना बनाइएका संरचना भत्काएको महानगरपालिकाले अहिले खिचापोखरी क्षेत्रका संरचना भत्काउन सुरु गरेको हो ।
महानगरपालिकाले उक्त कम्प्लेक्स अगाडिका संरचना भत्काइरहेको छ । मेयर बालेन साहको उपस्थितिमा अवैध संरचनामा डोजर चलाएको हो ।