logo

२०८१ मंसिर ८ शनिबार

logo
  • शनिबार, ८ मंसिर २०८१
  • तनहुँ जलविद्युत आयोजना र रहुगंगा जलविद्युत आयोजनाको सुझाव तत्काल कार्यान्वयन गर्न सरकारलाई निर्देशन

    तनहुँ जलविद्युत आयोजना र रहुगंगा जलविद्युत आयोजनाको सुझाव तत्काल कार्यान्वयन गर्न सरकारलाई निर्देशन

    3.8K
    Shares
    तनहुँ जलविद्युत आयोजना र रहुगंगा जलविद्युत आयोजनाको सुझाव तत्काल कार्यान्वयन गर्न सरकारलाई निर्देशन

     

    काठमाडौं । प्रतिनिधि सभा अन्तर्गतको कृषि,सहकारी तथा प्राकृतिक श्रोत समितिले तनहँु जलविद्युत आयोजना र रहुगंगा जलविद्युत आयोजनाको स्थलगत अनुगमन प्रतिवेदनले दिएका सुझाव तत्काल कार्यान्वयन गर्न सरकारलाई निर्देशन दिएको छ । बुधवार समितिले तनहँु जलविद्युत आयोजना र रहुगंगा जलविद्युत आयोजनाको विषयमा विद्युत प्राधिकरण र उर्जा मन्त्रालयसँग गरेको छलफल प्रश्चात समिति सभापति पूर्णकुमारी सुवेदीले यस्तो निर्देशन दिएको हो ।

    उनले दुवै आयोजनाको समितिले स्थलगत अनुगमन गरेर प्रतिवेदनमा दिएका सुझाव र समस्या तत्काल समाधान गर्न अन्तरमन्त्रालय निर्देशन दिए । समितिले अन्तरमन्त्रालय अन्तर्गत अर्थ,वन,उर्जा मन्त्रालय समेतलाई दुवै आयोजनाका समस्या विषयमा जानकारी दिएर समस्या समाधान गर्न निर्देशन दिएको छ ।

    उनले भने,‘ तनहँु जलविद्युत आयोजना र रहुगंगा जलविद्युत आयोजनाको स्थलगत अनुगमन प्रतिवेदनको निस्कर्ष र सुझावहरुमा समावेश विषयहरुलाई यथाशीघ्र कार्यानवयन गर्नको लागि सम्बन्धित अन्तर मन्त्रालयहरुलाई समितिले निर्देशन दिन्छ । अन्तरमन्त्रालय अन्तर्गत अर्थ मन्त्रालय,वन,उर्जा मन्त्रालय समेतलाई तनहँु जलविद्युत आयोजना र रहुगंगा जलविद्युत आयोजनाका समस्या विषयमा जानकारी दिएर समस्या समाधान गर्न निर्देशन दिन्छ । आयोजनासँग सम्बन्धित मन्त्रालयहरुले आगामी दिनमा समितिले दिएको निर्देशन पालना गरेर सहयोग गर्ने आशा रहेको छ ।’

    सभापति सुवेदीले सबै मन्त्रालयहरुले समितिले दिएको निर्देशन पालना गरेर समितिलाई सहयोग गर्ने आशा रहेको बताए ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend