logo

२०८१ मंसिर ८ शनिबार

logo
  • शनिबार, ८ मंसिर २०८१
  • जबरालाई बयानका लागि भदौ १५ गते बोलाउने महाअभियोग सिफारिस समितिको निर्णय

    जबरालाई बयानका लागि भदौ १५ गते बोलाउने महाअभियोग सिफारिस समितिको निर्णय

    5K
    Shares
    जबरालाई बयानका लागि भदौ १५ गते बोलाउने महाअभियोग सिफारिस समितिको निर्णय

     

    काठमाडौं । महाअभियोग सिफारिस समितिले प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबरालाई बयानको लागि बोलाएको छ । बुधवार सिंहदरबारमा बसेको समितिको बैठकले प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबरालाई बयानका लागि भदौ १५ गते ११ बजे बोलाउने निर्णय गरेको हो ।

    बैठकपछि निर्णय सुनाउँदै समितिका सभापति रामबहादुर बिष्टले सो कुराको जानकारी दिएका हुन् । उनले समितिको बैठकले समितिको आन्तरिक कार्यविधि संशोधनसहित स्वीकृत गरिएको बताए । बैठकको निर्णय सुनाउँदै समिति सभापति बिष्टले भने – ‘महाअभियोग सिफारिस समितिले समितिको आन्तरिक कार्यविधि संशोधनसहित स्वीकृत गरिएको छ । दोस्रो, समितिको कार्यतालिकालाई परिमार्जनसहित स्वीकृत गरिएको छ । प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबरालाई मिति २०७९÷०५÷१५ गते ११ बजे सोधपुछ बयानको लागि बोलाउने निर्णय गरियो ।’

    बैठकले समितिको कार्यतालिकालाई पनि परिमार्जनसहित स्वीकृत गरेको छ ।

     

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend