logo

२०८१ मंसिर ८ शनिबार

logo
  • शनिबार, ८ मंसिर २०८१
  • अनधिकृत संरचना हटाउन शंखमूल र बानेश्वर पुगे मेयर बालेन

    अनधिकृत संरचना हटाउन शंखमूल र बानेश्वर पुगे मेयर बालेन

    6.9K
    Shares

    काठमाडौं । अनधिकृत संरचना हटाउने कामलाई काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले आजपनि निरन्तरता दिएका छन् । मेयर साह सहितको टोली आज विहानै शंखमूल र बानेश्वरमा पुगेको छ । अहिले मेयर बालेनसहित डीआईजी मिरा चौधरी शंखमुल वर्गर हाउसको अण्डरग्राउण्डको अवलोकनमा पुगेका छन् ।

    अवलोकन अगाडि काठमाडौं १० नम्बर वडा कार्यालयमा वडाका जनप्रतिनिधिसहित छलफल गरेर अनाधिकृत संरचना बनाएको ठाउामा मेयर सहितको टोली पुगेका हुन् । बालेनसँग घर धनी र बर्गर हाउस सञ्चालकले आइतबारसम्म भूमिगत पार्किङ खाली गराउने बताएका छन् । बालेन नेतृत्वको टोलीले अवैध संरचनामा खुलेका पसलहरूको अवलोकन गरिरहेको छ ।

    बानेश्वर र शंखमुल रोडमा अन्डरग्राउन्ड पार्किङ गर्नुपर्नेमा पार्किङ नगरी व्यवसायीहरुलाई भाडा दिएका ठाउँमा पनि बालेन पुगेका छन् । व्यवसायीहरुलाई घरबेटीलाई बेसमेन्ट पार्किङको लागि भन्दै घरबेटीलाई जानकारी गराउनुस भन्दै सटर लगाएर प्याकिङ गर्न निर्देशन दिएका छन् ।

    टोलीले ३ घण्टापछि प्याकिङ गरेको नगरेको हेर्न आउने समेत बताएको छ । अन्डरग्राउन्डमा रहेका जुत्ता पसल, मोबाइल पसल, बुटिक लगायत क्षेत्रमा महानगरको टोलीले अनुमगन गरिरहेको छ । आजै बानेश्वरको अल्फाबिटामा पनि बालेनले अनुगमन गर्दैछन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend