काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नागरिकता र संक्रमणकालीन न्यायसम्बन्धी विधेयकबारे आफूले प्रधानमन्त्रीसँग गम्भीर आपत्ति जनाएको बताएका छन् । बिहीबार केन्द्रीय कार्यालय, च्यासलमा बसेको पोलिटब्यूरो बैठकमा ओलीले प्रधानमन्त्री शेरबहादुर देउवासँग बुधबार बालुवाटारमा भएको भेटबारे ब्रिफिङ गरेका हुन् ।
‘सरकारले गरेको कामप्रति गम्भीर आलोचना जनाएँ’ बैठकमा ओलीले भने, ‘यो–यो गर्नुहोस्, तपाईहरुले मनपरी गर्न पाउनु हुन्न भनेको छु ।’
बुधबार बिहान प्रधानमन्त्री देउवा र अध्यक्ष ओलीबीच बालुवाटारमा भेटवार्ता भएको थियो । त्यो भेटमा प्रधानमन्त्री देउवालाई ओलीले प्रतिपक्षी दलकोे आपत्ति नसुने एमाले चुप लागेर नबस्ने चेतावनी दिएका थिए । ‘सच्याउनुहोस् भनेको कुरा नसच्चिए एमाले चुप लागेर बस्दैन भनेको छु’ ओलीको भनाइ उदृत गर्दै एक नेताले भने ।