logo

२०८१ मंसिर ८ शनिबार

logo
  • शनिबार, ८ मंसिर २०८१
  • जनताको बिकासको चाहनालाई पुरा गर्न अहोरात्र खटिरहनेछु: मन्त्री अथक

    जनताको बिकासको चाहनालाई पुरा गर्न अहोरात्र खटिरहनेछु: मन्त्री अथक

    7.7K
    Shares
    जनताको बिकासको चाहनालाई पुरा गर्न अहोरात्र खटिरहनेछु: मन्त्री अथक

     

    कोहलपुर । युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक)ले बाँकेको राप्तीसोनारी ८ बालापुरमा सिचाईकालागि निर्माण गरीएको डिप ट्युवेलको उद्घाटन गरेका छन् । शुक्रबार गृहजिल्ला बाँके आएका मन्त्री अथकले समृद्ध तराई मधेस सिंचाई विशेष कार्यक्रम अन्तर्गत १ करोड लागतमा निर्माण गरीएको डिप ट्युवेलको उद्घाटन गरेका हुन् ।

    ट्युवेल उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री अथकले राप्तिसोनारीलाई कृषी र पर्यटन क्षेत्रका रुपमा बिकास गर्दै लगिने बताए । उनले सिचाई सुबिधापछि बालापुर क्षेत्रलाई अर्गानिक तरकारी उत्पादन केन्द्रका रुपमा समेत बिकास गर्ने लक्ष्य राखीएको बताए ।

    बाँके राष्ट्रिय निकुञ्जको बफर जोन भित्र पर्ने सो क्षेत्रमा वन्यजन्तुबाट हुने सक्ने जोखिमबाट सचेत हुनुपर्ने उल्लेख गर्दै मन्त्री अथकले सो क्षेत्रमा उत्पादित अर्गानिक कृषी उपज कोहलपुर र नेपालगन्जको तारे होटलमा बिक्रि गर्न सकिने बताए ।

    जनप्रतिनिधीहरुले बिकासका ढोका खोलिदिने काम गर्नुपर्ने बताउँदै उनले बिकासलाई स्थानिय जनताले सदुपयोग गर्न सक्नुपर्नेमा समेत जोड दिएका थिए । बालापुर क्षेत्रमा डिप ट्युववेल, बिद्यालय भवन, तटबन्ध लगायतका संरचना निर्माणका लागी पहल गर्नुभएका मन्त्री अथकले राप्तीसोनारी ८ नम्बर वडालाई समेट्ने गरि ११ किलोमिटर लामो रिङरोड निर्माणका लागी समेत पहल भईरहेको उल्लेख गरे ।

    बाँके निर्वाचन क्षेत्र नं. १ बाट प्रतिनिधिसभामा प्रतिनिधित्व गर्दै आउनुभएका मन्त्री अथकले आफु जनप्रतिनिधीका रुपमा रहँदा र नरहे पनि एक राजनैतिक नेतृत्वका हिसावले जनताको बिकासको चाहनालाई पुरा गर्न अहोरात्र खटिरहने प्रतिबद्धता समेत व्यक्त गरेका छन् । आफ्नो मन्त्री र सांसदको पदाअवधि छोटो रहेको र फेरी पनि जनप्रतिधी बन्न सक्ने तर्फ संकेत गर्दै उनले बाँकी कामहरु आगामी कार्याकालमा समेत ईमान्दारीता पुर्वक पुरा गर्ने प्रतिबद्धता जनाएका हुन् ।

    कार्यक्रममा प्रदेश सभा सदस्य पार्वती पुन उषा, राप्तीसोनारी वडा नं. ८ का अध्यक्ष सालिकराम डाँगी लागयतले संघिय सांसद र मन्त्रीका रुपमा अथकले सो क्षेत्रको बिकासका लागी महत्वपुर्ण योगदान गरेको चर्चा गरेका थिए ।

    १ करोड लागतमा निर्माण सम्पन्न भएको सिंचाई आयोजनाले बालापुर गाउँका १ सय ५० बढि किसानको झण्डै ९० विगाह जमिनमा सिचाई सुविधा पुग्ने बताईएको छ । आकासे पानीको भरमा सिचाई गर्न बाध्य बालापुरका किसानहरुलाई डिप ट्युववेल सिंचाई आयोजनाले निकै राहात भएको स्थानिय हिम लाल डाँगीले बताए । उनले मुश्किलले १ बाली मात्रै खेती हुने सो स्थानमा अव सहजै ३ बालीसम्म खेती गर्न सकिने भन्दै खुसी ब्यक्त गरे ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend