काठमाडौं । काठमाडौं महानगरले कानुन मिचेर बनाइएका संरचना हटाउने क्रममा आज रत्नपार्क क्षेत्रमा एक्सन लिएको छ । नगर प्रहरीले अहिले भोटाहिटी–रत्नपार्को अण्डरपासमाथिका अनधिकृत संरचना भत्काइरहेका छन् ।
सब–वेमाथि व्यापारिक उद्देश्यले बनाइएको नक्साविपरीतको संरचना गैँती, झम्पललगायतका हाते औजारले भत्काउन थालिएको हो ।
भत्काउनुअघि व्यापारीलाई समान हटाउन निर्देशन दिइएको थियो ।