काठमाडौं । काठमाडौं महानगरपालिकाले न्युरोडमा रहेको सुरज अर्केडमा निर्माण गरिएका अनधीकृत संरचना भत्काउन थालेको छ । अर्केडमा बनाएको अनधीकृत सरचना भत्काउन महानगरपालिले दुई वटा डोजर तयार पारेको छ । डोजर लिएर केही समयमै पुग्ने महानगर प्रहरीले जनाएको छ ।
महानगरले पछिल्लो समय अनधिकृत संरचना हटाउने अभियान चलाएको छ । मेयर बालेन साह आफैं पुगेर ठाउँका संरचनाहरू भत्काएका थिए ।