काठमाडौं । नेकपा (माओवादी केन्द्र) की सांसद यशोदा गुरुङ सुवेदीले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९ विधेयकलाई छिटोभन्दा छिटो पारित गर्नुपर्ने बताए । राज्यका निकायहरु स्वतन्त्र ढंगले चल्न नसकेको भन्दै उनले शान्ति प्रक्रियालाई तार्किक निस्कर्षमा पु¥याउन राज्यका निकायहरु स्वतन्त्र रुपले चल्नुपर्ने बताए ।
उनले शान्ति प्रक्रियाको सम्बन्धमा एनजिओ, आइएनजिओको निर्देशन अनुसार राज्यका अंगहरु चलेको आरोप लगाए ।