logo

२०८१ मंसिर ८ शनिबार

logo
  • शनिबार, ८ मंसिर २०८१
  • निलम्बित प्रधानन्यायाधीश जबरासँग महाअभियोग सिफारिस समितिले आज बयान लिंदै

    निलम्बित प्रधानन्यायाधीश जबरासँग महाअभियोग सिफारिस समितिले आज बयान लिंदै

    5.3K
    Shares

    काठमाडौं । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरासँग बुधबार महाअभियोग सिफारिस समितिले बयान लिँदैछ । सिफारिस समितिको बैठक आज बिहान ११ बजेका लागि बोलाइएको छ । बैठकमा जबरालाई उपस्थित गराएर बयान लिने तयारी समितिको छ । आज बयान लिने भएपछि समितिले यसअघि नै प्रमाणहरू संकलन गरेको छ ।

    सार्वजनिक सूचना जारी गरी प्रमाण माग गरेपछि समितिलाई नेपाल बार एशोसिएसनले मात्रै ३४ वटा प्रमाण बुझाइसकेको छ । समिति सचिवालयका अनुसार विभिन्न व्यक्ति र संस्था गरी १० ठाउँबाट प्रमाणहरू प्राप्त भएका छन् । महाअभियोग सिफारिस समितिका अनुसार जबरा विरुद्ध प्रमाणको ठूलो सूची तयार भएको छ ।

    विभिन्न व्यक्ति र संस्थाले दिएका र समिति आफैंले संकलन गरेका प्रमाणहरुमा मुख्य गरी जबराको आचरणमाथि प्रश्न उठाइएका छन् । सोही आधारमा जबरालाई सोधिने प्रश्नहरु तयार भएका छन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend