काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मसिर ४ गते हुने निर्वाचनमा १५० सिट जित्ने दाबी गरेका छन् । कञ्चनपुरको महेन्द्रनगरमा पूर्वमन्त्रीलगायतका नेता कार्यकर्तालाई एमालेमा स्वागत गर्दै प्रत्यक्ष र समानुपातिकतर्फ गरेर १५० सिट जित्ने दाबी गतेका हुन् ।
‘गठबन्धनले जिते देश हार्छ, विकास र समृद्धि हार्छ त्यसैले एमालेले जित्नुपर्छ । देशलाई जिताउने अभियानमा सबै सरिक हुनुस्,’ ओलीले भने, ‘आउँदो चुनावमा हामी प्रत्यक्ष र समानुपातिक गरेर कम्तीमा १५० सिट जित्नेछौँ र दुनियाँ चकित पर्नेछ ।’
एमाले सत्ता बाहिर हुँदा समेत पार्टीमा प्रवेश गर्ने जनलहर बढेको उल्लेख गरेका थिए । सत्तारुढ गठबन्धनमा नेताहरु देखिएपनि जनता भने एमालेमा रहेको टिप्पणी गरे ।