काठमाडौं । सांसद विमला विश्वकर्माले नेपालीहरुको महान पर्वहरु नजिक आएकाले बजारको अत्याधिक मूल्यवृद्धि नियन्त्रण गर्न सरकारसँग माग गरिन् । उनले बजारमा हेरक खाद्यान्नदेखि डिजेल पेट्रोलको समेत मूल्यवृद्धि भएकाले सामान्य नागरिकलाई विहान बेलुका दुई छाक टार्नसमेत समस्या भएको बताइन् ।
उनले पछिल्लो समय रोग सबैतिर फैलिएको डेंगु र मूल्यवृद्धि नियन्त्रण गर्न सरकारसँग माग गरिन् ।