logo

२०८१ मंसिर ८ शनिबार

logo
  • शनिबार, ८ मंसिर २०८१
  • प्रतिनिधि सभामा केही नेपाल ऐन संशोधन गर्ने विधेयक प्रश्तुत

    प्रतिनिधि सभामा केही नेपाल ऐन संशोधन गर्ने विधेयक प्रश्तुत

    6.2K
    Shares
    प्रतिनिधि सभामा केही नेपाल ऐन संशोधन गर्ने विधेयक प्रश्तुत

    काठमाडौं । प्रतिनिधि सभामा केही नेपाल ऐन संशोधन गर्ने विधेयक, २०७९ प्रश्तुत भएको छ । प्रतिनिधि सभाको आईतवार बसेको बैठकमा कानून, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा (कोईराला) ले केही नेपाल ऐन संशोधन गर्ने विधेयक, २०७९ लाई प्रश्तुत गरेका हुन् ।

    उनले प्रतिनिधि सभामा बोल्दै संसदको कार्यकालको विषयलाई स्पष्ट पार्नका लागि विधेयक ल्याउनुपरेको बताए । उनले विधेयकले प्रतिनिधि सभाको कार्यकाल पहिलो बैठक बसेको मितिबाट शुरु हुने र नयाँ निर्वाचित भएर आएको प्रतिनिधि सभाको पहिलो बैठकबाट सकिने व्यवस्था गरेको उल्लेख गरे । उनले विधेयकले गरेको व्यवस्था संविधानले अगाडी सारेको सिद्धान्तलाई कार्यान्वयन गर्ने प्रयोजनले नै राखिएको स्पष्ट पारे ।

    उनले भने – ‘पहिलो बैठक बसेको मितिबाट शुरु हुने र सकिने कहिले भन्दा नयाँ निर्वाचन भएर आइसकेपछि बसेको पहिलो बैठकबाट सकिने । यसबाट कुनै डराउनुपर्ने वा यसबाट कुनै खालको अस्पष्टता ल्याउँदैन । किनभने निर्वाचन भइसकेपछि संसदको बैठक तुरुन्त आह्वान हुन्छ संसद बैठक । निर्वाचनको परिणाम आउनासाथ आव्हान गर्नुपर्ने संवैधानिक बाध्यता छ । त्यो बैठक आह्वान भएर बैठक बसेको दिनमा शुरु हुन बित्तिकै स्वतः समाप्त हुने व्यवस्था अहिले प्रश्तावित कानूनमा गरिएको छ । त्यसैले यो प्रश्तावित कानूनले वास्तवमा संविधानले अगाडी सारेको जुन सिद्धान्त छ त्यसलाई कार्यान्वयन गर्ने प्रयोजनका लागि ल्याएको हुनाले यसले अन्यथा गर्ने अवस्था नरहेको व्यहोरा म सम्मानित सभालाई अवगत गराउन चाहन्छु ।’

    उनले प्रतिनिधि सभाको कार्यकालको सम्बन्धमा अस्पष्टता रह्यो भने खतरा पैदा हुने बताए ।
    प्रतिनिधि सभाको अर्को बैठक आईतवार नै १५ मिनेटपछि बस्नेगरी बोलाइएको छ ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend