logo

२०८१ मंसिर ८ शनिबार

logo
  • शनिबार, ८ मंसिर २०८१
  • नेकपा एमालेभित्र उम्मेद्वार सिफारिसमा कुनै विवाद छैनः सुरेन्द्र पाण्डे

    नेकपा एमालेभित्र उम्मेद्वार सिफारिसमा कुनै विवाद छैनः सुरेन्द्र पाण्डे

    6.3K
    Shares
    नेकपा एमालेभित्र उम्मेद्वार सिफारिसमा कुनै विवाद छैनः सुरेन्द्र पाण्डे

     

    काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले नेकपा एमालेभित्र उम्मेद्वार सिफारिसमा कुनै विवाद नरहेको दाबी गरेका छन् । मंगलवार नयाँ बानेश्वरस्थित संसद भवन बाहिर सञ्चारकर्मीहरुसँग कुरा गर्दै उपाध्यक्ष पाण्डेले कुनैपनि स्थानमा विवाद भएको सूचना नपाएको बताए ।

    उनले एमालेमा विगतमा मतदान गरेर उम्मेदवार सिफारिस हुने भएतापनि यो पटक तीन जना भन्दा बढीले इच्छा व्यक्त गरेपनि सिफारिस भइरहेको बताए । उनले यसरी तीन जना भन्दा बढी नाम सिफारिस भएर आएपनि सबैभन्दा बढी सम्भावित उम्मेद्वार भनेर प्रदेश कमिटिको सिफारिसको आधारमा सचिवालयले छनोट गर्ने बताए । उपाध्यक्ष पाण्डेले राष्ट्रिय सभाका सदस्यलाई टिकट नदिने निर्णय गरेकाले कुनै विशेष अवस्थामा मात्रै निर्णय हुनसक्ने बताए ।

    उनले देशभर शीर्ष नेताहरुको मात्रै एकल नाम सिफारिस नभएको दाबी गरे । उनले जिल्लाबाट सिफारिस हुँदैमा उम्मेदवार फाइनल भए भनेर सिफासिर भएका उमेद्वारहरुले सोच्नुनहुने बताए । पाण्डेले पार्टीको सचिवालयले फाइलन गरेपछि मात्रै उम्मेद्वार टुङ्गो लाग्ने बताए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend