logo

२०८१ मंसिर ८ शनिबार

logo
  • शनिबार, ८ मंसिर २०८१
  • उत्तरी ब्राजिलमा डुङ्गा डुब्दा १४ जनाको मृत्यु

    उत्तरी ब्राजिलमा डुङ्गा डुब्दा १४ जनाको मृत्यु

    6.3K
    Shares
    उत्तरी ब्राजिलमा डुङ्गा डुब्दा १४ जनाको मृत्यु

    एजेन्सी । उत्तरी पारा राज्यको राजधानी बेलेमको ब्राजिल सहरनजिक बिहीबार बिहान एउटा डुङ्गा डुब्दा कम्तीमा १४ जनाको मृत्यु हुनुका साथै २६ जना बेपत्ता भएका छन् । माराजो टापुको कमारा र बेलेमको बीचमा रहेको डुङ्गा कोटिजुबा टापुको सामून्द्रिक तट साउदादेमा डुबेको थियो । दुर्घटनाको कारण भने खुल्न सकेको छैन ।

    सार्वजनिक सुरक्षा सचिवालयका अनुसार जहाज यात्रु बोक्ने अधिकार नभएको र गोप्य बन्दरगाहबाट समुद्रतर्फ निस्किएको थियो । अग्निनियन्त्रकहरुले गोताखोर, नौ वटा डुङ्गा र एक हेलिकप्टरको सहयोगमा शव निकाल्न र बेपत्ता पीडितहरूको खोजी र उद्धार कार्य सुरु गरेका थिए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend